nmb bank

गृहपृष्ठ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अस्थायी मतदान केन्द्र

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अस्थायी मतदान केन्द्र

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अस्थायी मतदान केन्द्र
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि बबरमहलस्थि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा अस्थायी  मतदान केन्द्र तोकिएको छ ।
जिल्ला निर्वाचन कार्यालयले आज सूचना जारी गरी अस्थायी मतदान केन्द्र निर्धारण भएको हुँदा मन्त्रालय/आयोग/विभाग/आयोजना/कार्यालयमा कार्यरत सबै कर्मचारीलाई जानकारीका लागि अनुरोध गरेको छ ।
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ को दफा १७(१) बमोजिम अस्थायी मतदान केन्द्र तोकिएको हो ।

प्रकाशित समय : २०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु