काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘र्‍यापिड एक्सन टास्क फोर्स’ गठन

2.11K
shares

भैरहवास्थित भीम अस्पतालमा ‘र्‍यापिड एक्सन टास्क फोर्स’ गठन गरिएको छ । डा मदन अधिकारीको संयोजकत्वमा गठन गरिएको उक्त फोर्सको सदस्यहरुमा डा विनोद खनाल, डा आरिफ हुसेन, डा रवि शुक्ला, नारायणसिंह कोइरी, भेषनारायण चौधरी, ईश्वरी ज्ञवाली, बन्दना पँगेनी र जनकराज पन्त छन ।

पर्सि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी ‘र्‍यापिड एक्सन टास्क फोर्स’ गठन गरिएको भीम अस्पतालको प्रमुख डा वर्षा थापाले जानकारी दिइन ।

सिद्धार्थनगर नगरपालिका–१३ मा अवस्थित भीम अस्पताल १९९० सालमा स्थापना भएको हो ।