गृहपृष्ठ हवाई क्षेत्र बन्द हुँदा वेस्ट इन्डिज र जिम्बाब्वेका क्रिकेट खेलाडीहरू भारतमा अलपत्र
हवाई क्षेत्र बन्द हुँदा वेस्ट इन्डिज र जिम्बाब्वेका क्रिकेट खेलाडीहरू भारतमा अलपत्र
टी–२० विश्वकपमा भारतसँग जिम्बाब्वे र वेस्ट इन्डिज सेमिफाइनलको दौडबाट बाहिरिएका छन्। तर प्रतियोगिताबाट बाहिरिए पनि दुवै टोलीका खेलाडीहरू तत्काल स्वदेश फर्किन सकेका छैनन्।
इरान र इजरायलबीच बढ्दो युद्धका कारण पश्चिम एशियाको एयरस्पेस बन्द भएपछि उडानहरू प्रभावित भएका छन्।
जिम्बाब्वे र वेस्टइन्डिजका खेलाडीहरूले मध्यपूर्व हुँदै स्वदेश फर्किनुपर्ने भए पनि हाल उनीहरू भारतका होटलमै सुरक्षित रूपमा बसिरहेका छन्।
प्रकाशित समय : १३:२५ बजे



















