गृहपृष्ठ कजारियाद्वारा विराटचोकमा नयाँ शोरूम उद्घाटन
कजारियाद्वारा विराटचोकमा नयाँ शोरूम उद्घाटन
नेपालमा प्रिमियम र विश्वसनीय टाइल ब्रान्डमध्ये एक कजारियाले विराटचोकमा नयाँ विशेष शोरूम उद्घाटन गर्दै आफ्नो उपस्थिति पूर्वी नेपालमा थप विस्तार गरेको छ। महालक्ष्मी ट्रेडर्सद्वारा सञ्चालित यस शोरूमले विराटचोक तथा वरिपरिका क्षेत्रमा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्दै ग्राहकहरूलाई आधुनिक, आकर्षक र उन्नत अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
उद्घाटन समारोहमा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल लगायत सुन्दर हरैचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाईं, बेलबारी नगरपालिकाका प्रमुख श्री दिल प्रसाद राई, सम्माननीय धार्मिक गुरु दीन बहादुर शास्त्री र मिस नेपाल अर्थ २०२२ सुश्री सरीशा श्रेष्ठको उपस्थिति रहेको थियो ।
हिमांशु अग्रवालले भने,“विराटचोकमा नयाँ शोरूम उद्घाटन गर्न पाउँदा हामी अत्यन्त खुशी छौं। यो शोरूमले केवल टायल बिक्री गर्ने ठाउँ नभई ग्राहकहरूका लागि आधुनिक, आकर्षक र नवप्रवर्तनशील टायल विकल्पहरू अवलोकन गर्ने गन्तव्यको रूपमा काम गर्नेछ। यहाँ गृहस्वामी, ठेकेदार र वास्तुकारहरूले आफ्ना परियोजनाका लागि उपयुक्त डिजाइनहरू सहजै छनोट गर्न सक्नेछन् र आफ्नो सिर्जनात्मक विचारहरू जीवन्त बनाउन सक्नेछन्।”
केदार प्रसाद गुरागाईंले भने, “कजारियाजस्ता प्रतिष्ठित ब्रान्डको उपस्थिति हाम्रो नगरपालिकामा रोजगारी र विकासका अवसर बढाउनेछ। यसले स्थानीय निर्माण मापदण्डलाई उच्च बनाउने र गुणस्तरीय उत्पादनहरू सजिलै उपलब्ध गराउने अवसर प्रदान गर्नेछ।”
हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ। कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०ह१२० से.मी., ६०ह६० से.मी., १९.५ह१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०ह४०से.मी.) तथा सेरामिक वाल टायल (३०ह६० से.मी., ३०ह४५ से.मी.) समावेश छन्। यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन्।
प्रकाशित समय : ११:५६ बजे



















