गृहपृष्ठ भारतले अफगानिस्तानसँग एक टेस्ट र तीन एकदिवसीय सिरिज खेल्ने
भारतले अफगानिस्तानसँग एक टेस्ट र तीन एकदिवसीय सिरिज खेल्ने
India's Varun Chakravarthy, left, captain Suryakumar Yadav and Sanju Samson, right, celebrate the wicket of West Indies' captain Shai Hope during the T20 World Cup cricket match between India and West Indies in Kolkata, India, Sunday, March 1, 2026. (AP Photo/Bikas Das)
भारतले अफगानिस्तानसँग एक टेस्ट र तीन एकदिवसीय सिरिज खेल्ने भएको छ । अफगानिस्तानले आउँदो जुन महिनामा सिरिजका लागि भारत भ्रमण गर्ने भएको हो ।
दुई टोलीले जुन ६ मा टेस्ट खेल्नेछन् । त्यसपछि क्रमशः जुन १४, १७ र २० मा एकदिवसीय क्रिकेट खेल्ने तालिका रहेको आज भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले जानकारी दिएको हो ।
टेस्ट खेल भारतको न्यू चण्डीगढमा हुने छ भने पहिलो एकदिवसीय क्रिकेट धर्मशालामा हुनेछ । त्यस्तै, दोस्रो खेल लखनउमा हुनेछ भने तेस्रो खेल चेन्नईमा हुनेछ । यो सिरिज आइपीएल समाप्त भएको ६ दिनपछि शुरु हुनेछ ।
प्रकाशित समय : १९:५३ बजे



















