nmb bank

गृहपृष्ठ सूर्यज्योति लाइफको ब्रान्च अपरेसन मिट सम्पन्न

सूर्यज्योति लाइफको ब्रान्च अपरेसन मिट सम्पन्न

सूर्यज्योति लाइफको ब्रान्च अपरेसन मिट सम्पन्न

काठमाडौं । सूर्यज्योति लाइफद्वारा आफ्ना शाखा कार्यालयमा कार्यरत ब्रान्च अपरेसनका देश भरिका कर्मचारीहरुलाई एउटै छाता मुनि भेला गरी सर्भिस एक्सलेन्स एन्ड कम्प्लेन्स अन्तर्गत बृहत तालिमको आयोजना गरेको हो।

उक्त कार्यक्रम चितवनको भरतपुरमा अवस्थित लर्ड्स सीबीसी प्लाजामा आयोजना गरिएको हो। उक्त कार्यक्रमामा देशैभरिका २०० जना ब्रान्च अपरेशन अन्तर्गत कार्यरत कर्मचारीहरु, विभागीय प्रमुखहरु, एक्जुकेटिभहरु, कार्यकारी उप प्रमुख अधिकृत, प्रमुख कार्यकारी अधिकृत, संचालक समिति सदस्य लागाएत प्रशिक्षकद्वय मनोज भट्टराई (बैंकिंग तथा बीमा बिज्ञ)र पदम प्रसाद सोडारी, उप निर्देशक, नेपाल बीमा प्राधिकरणको उपस्थिति रहेको थियो।

एएमएल सीफटी सम्बन्धी विस्तृत प्रशिक्षण नेपाल बीमा प्राधिकरणका उप निर्देशक पदम प्रसाद सोडारीले प्रदान गरेका थिए भने सर्भिस एक्सलेन्स सम्बन्धी प्रशिक्षण बैंकिङ तथा बीमा बिज्ञ मनोज कुमार भट्टराईले दिएका थिए।

साथै, सोही अवसरमा विभागीय प्रमुखहरुसँगको प्यानल अन्तरक्रिया अन्तर्गत विभिन्न सत्रहरू सञ्चालन गरिएका थिए जसमा ब्रान्च अपरेशन सम्बन्धि विभिन्न विषयहरु समेटिएका थिए।

उक्त अवसरमा कार्यक्रमका सहभागीहरूले आफ्नो दैनिक कार्यसम्पादनका क्रममा भोगेका कठिनाइ तथा उठेका जिज्ञासाहरू सम्बन्धित प्यानलमार्फत विभागीय प्रमुखहरूले सम्बोधन गरेका थिए। सम्पूर्ण सत्रहरूलाई व्यवस्थित तथा प्रभावकारी रूपमा सञ्चालन गर्दै कार्यक्रम सफल बनाउन कम्पनीका चिफ सपोर्ट सर्भिस उमेश प्रसाद मैनालीले सहजीकरणको भूमिका निर्वाह गरेका थिए।

“सूर्यज्योति लाइफको शाखा कार्यालयमा रही अहोरात्र खटिने ब्रान्च अपरेशन कर्मचारीहरू नै कम्पनीका वास्तविक सर्भिस एम्बेसेडर हुन र ब्रान्च अपरेशनको कार्यसम्पादनले नै कम्पनीको ब्रान्ड भ्यालु तथा विजनेश एक्सपान्सनमा अहम भूमिका खेल्दछ”, कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रकाश विक्रम खत्रीले बताए। साथै ‘कम्पनीले डिजिटलाइजेशनमा ठुलो फड्को मारेको र अब एआईतर्फ जाने तयारी गरेको कम्पनीका संचालक, हेमन्त नाहाटाले बताए।

“साथै, यस कार्यक्रममा सहभागीहरूले देशभरिका सहकर्मीहरू, विभागीय प्रमुखहरू र उच्च व्यवस्थापनसँग प्रत्यक्ष सम्पर्क गर्ने महत्वपूर्ण अवसर प्राप्त गरेको फलस्वरूप कम्पनीको अवस्था र रणनीति बुझ्नका साथै आफ्नो भूमिका र दायित्वप्रति स्पष्ट मार्गदर्शन पाएको बताएका छन् ।”

नेपालकै पहिलो ९००१-२०१५ आई, एसओ प्रमाणित सूर्यज्योति लाइफको हाल चुक्ता पूजी ५०१ करोड, जीवन बीमाकोष ४,६१७ करोड, लगानी ५,१२० करोड, नेटवर्थ ६१८ करोड, १ लाख ७ हजार अभिकर्ता संख्या, ३६ लाख ३० हजार बीमालेख संख्या र देशै भरि रहेका १७६ शाखा संजाल मार्फत आफ्ना बिमितहरुलाई कम्पनीले सेवा प्रदान गरिरहेको छ। साथै कम्पनीले नेपालकै सर्वाधिक ३५ घातक रोगहरु बिरुद्ध ५० लाखसम्मको आर्थिक सुरक्षा प्रदान गरिरहेको छ।

प्रकाशित समय : १४:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु