गृहपृष्ठ भोल्भोले ४० हजार ईएक्स३० इलेक्ट्रिक एसयूभी रिकल गर्ने घोषणा
भोल्भोले ४० हजार ईएक्स३० इलेक्ट्रिक एसयूभी रिकल गर्ने घोषणा
भोल्भोले आफ्ना ४० हजारभन्दा बढी ईएक्स३० इलेक्ट्रिक एसयूभी फिर्ता बोलाउने निर्णय गरेको छ। ब्याट्री अत्यधिक तातो हुँदा आगो लाग्ने सम्भावना भएको कारण देखाएको छ।
ईएक्स३० मा प्रयोग भएको उच्च–भोल्टेज ब्याट्री सेल चीनको शान्डोङ जिली सुनवोदा पावर कम्पनीले बनाएको हो। नोभेम्बर २०२५ मा ब्राजिलको मासेइओमा भएको आगलागीपछि समस्या सार्वजनिक भएको थियो।
कम्पनीले सबै प्रभावित कार मालिकलाई सम्पर्क गरी अर्को कदमको जानकारी दिने जनाएको छ। यस फिर्ता बोलाउने कदमले भोल्भोको सुरक्षा प्रतिष्ठामा असर पुर्याउने र वित्तीय लागत पनि उच्च हुने अनुमान छ।
ब्याट्री मोड्युल प्रतिस्थापनमा १९ करोड ५० लाख अमेरिकी डलर खर्च हुन सक्ने अनुमान गरिएको छ।
प्रकाशित समय : ११:२८ बजे



















