nmb bank

गृहपृष्ठ मेटलाइफ नेपाल र वात्सल्य आईभीएफबीच सहकार्य

मेटलाइफ नेपाल र वात्सल्य आईभीएफबीच सहकार्य

मेटलाइफ नेपाल र वात्सल्य आईभीएफबीच सहकार्य

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना ग्राहकहरूलाई फर्टिलिटी तथा इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सम्बन्धी सेवामा विशेष छुट प्रदान गर्ने उद्देश्यले वात्सल्य नेचुरल आईभीएफसँग सहकार्य गरेको छ । वान बाई मेटलाइफ एपमा उपलब्ध डिजिटल लाइफ कार्डमार्फत अब बीमित ग्राहकहरू तथा उनका नजिकका परिवारका सदस्यहरूले नेपालकै एक प्रतिष्ठित फर्टिलिटी सेवा प्रदायकमा विशेष दरमा सेवा लिन सक्नेछन् ।

विश्वसनीय र किफायती उपचारमा पहुँच हुनु फर्टिलिटी उपचारको यात्रामा रहेका परिवारहरूका लागि महत्वपूर्ण हुन्छ । यस सहकार्यले यस्ता केही अवरोधहरू कम गर्न सहयोग पुर्‍याउँदै ग्राहकहरूलाई विशेषज्ञ सेवातर्फ सुरक्षित र भरपर्दो पहुँच प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

मेटलाइफको डिजिटल लाइफ कार्डले ग्राहकहरूलाई सहज र सरल अनुभव सुनिश्चित गर्छ । वान बाई मेटलाइफमा रेजिस्टर गरेपछि डिजिटल कार्डधारकहरूले वात्सल्यका क्लिनिकहरूमा कार्ड देखाई विशेष छुट प्राप्त गर्न सक्नेछन् । यस अन्तर्गत प्रमुख डायग्नोस्टिक परीक्षणहरूमा १५% छुट, पूर्ण आई वी एफ प्याकेजमा २०,००० सम्मको स्थिर छुट, तथा अन्य फर्टिलिटी स्वास्थ्य जाँच र परामर्श सेवाहरूमा १५% सम्म छुट समावेश छन् ।

प्रकाशित समय : १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु