nmb bank

गृहपृष्ठ रिलायबल नेपाल लाइफ बनेपा रिजनद्वारा अर्धबार्षिक एजेन्सी म्यानेजर कन्फ्रेन्स सम्पन्न

रिलायबल नेपाल लाइफ बनेपा रिजनद्वारा अर्धबार्षिक एजेन्सी म्यानेजर कन्फ्रेन्स सम्पन्न

रिलायबल नेपाल लाइफ बनेपा रिजनद्वारा अर्धबार्षिक एजेन्सी म्यानेजर कन्फ्रेन्स सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बागमती बनेपा रिजनले अर्धबार्षिक एजेन्सी म्यानेजर कन्फ्रेन्स सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम धुलिखेलको होटल हिमालयन होराइजनमा सम्पन्न भएको हो ।

कम्पनीले बागमती प्रदेश अन्तर्गत बनेपा क्षेत्रका उत्कृष्ट व्यवसाय गरी लक्ष्य हासिल गर्न सफल एमडीआरटी तथा एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेको हो । कार्यक्रममा बनेपा क्षेत्र अन्तर्गत शाखाका उत्कृष्ट एजेन्सी म्यानेजर तथा एमडिआरटी अभिकर्ताहरु १५० जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रम रिलायबल नेपाल लाइफ बागमती, बनेपाका रिजनल प्रमुख राजकुमार श्रेष्ठको अध्यक्षता तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीको प्रमुख आतिथ्यता तथा चिफ म्यानेजर युवराज शर्माको विशेष आतिथ्यता र बागमती प्रदेश अन्तर्गत बनेपा क्षेत्रका शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा मोटिभेटर माधब शर्माले बीमा सम्बन्धि उत्प्रेरणामुलक जीवन उपयोगी विषयबस्तुहरुको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी , चिफ म्यानेजर युवराज शर्मा र ले बीमा सम्बन्धि विषयमा प्रस्तुति राख्दै रिलायबलका एमडिआरटी,सिनियर एजेन्सी म्यानेजर ,एजेन्सी म्यानेजर , हरुलाई सम्मान गरेका थिए।

प्रकाशित समय : १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु