nmb bank

गृहपृष्ठ बुढासुब्बा गोल्डकपः लालीगुरास फुटबल क्लब सेमिफाइनलमा

बुढासुब्बा गोल्डकपः लालीगुरास फुटबल क्लब सेमिफाइनलमा

बुढासुब्बा गोल्डकपः लालीगुरास फुटबल क्लब सेमिफाइनलमा

धरानमा जारी २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा लालीगुरास फुटबल क्लब, पोखरा सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज धरान रङ्गशालामा सम्पन्न खेलमा लालीगुरास फुटबल क्लबले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलमा अतिरिक्त १५ मिनेट समय थप गरिएको थियो । अतिरिक्त समयमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

लालीगुरासका राम थापा, टिकराज गुरुङ, सुदीप गुरुङ, अब्दुल युसुफ र आशिष गुरुङले गोल गर्न सफल भए । धरान फुटबल क्लबका विवेक राई, सविन राई, प्रज्ज्वल थापा र नगेन राईले गोल गरे भने दोर्जे तामाङको प्रहार लालीगुरासका गोलरक्षक कुम्भ देउवाले रोके ।

दश टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेताले १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी प्रत्येक खेलको ‘म्यानअफ द म्याच’लाई १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार र सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित समय : २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु