गृहपृष्ठ खाना पकाउने ग्यासको अभाव भए सिधै उद्योगमा सम्पर्क गर्न आयल निगमको आग्रह
खाना पकाउने ग्यासको अभाव भए सिधै उद्योगमा सम्पर्क गर्न आयल निगमको आग्रह
नेपाल आयल निगमले आगामी निर्वाचनलाई मध्यनजर गर्दै उपभोक्तालाई एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था गरेको छ।
निगमले फेब्रुअरी महिनाका लागि साबिकको कोटामा २ हजार मेट्रिक टन थप गरी हाल दैनिक औसत ११० बुलेट ग्यास नियमित रूपमा आयात भइरहेको जानकारी दिएको छ।
काठमाडौं उपत्यकामा रहेका २३ वटा ग्यास उद्योगहरुले दैनिक करिब ४० हजार सिलिन्डर बजारमा पठाइरहेको भए तापनि पछिल्लो समय माग उच्च भएका कारण केही ब्रान्डको अभाव देखिएको निगमले स्वीकार गरेको छ।
बजारमा केही ब्रान्डका ग्यास सहजै उपलब्ध नभएको गुनासो आएपछि निगमले उपभोक्ताको सहजताका लागि नयाँ विकल्प दिएको छ । यदि डिलरमार्फत ग्यास प्राप्त गर्न कठिनाइ भएमा उपभोक्ताले सिधै उद्योग वा बिक्री केन्द्रमा सम्पर्क गरेर ग्यास खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ।
विशेष गरी नेपाल ग्यास, एभरेष्ट ग्यास, साइबाबा ग्यास र श्री कृष्ण ग्यासको अभाव देखिएका स्थानमा उपभोक्ताले ती उद्योगका आधिकारिक सम्पर्क नम्बरमा फोन गरी ग्यास ल्याउन पाउने छन् ।
प्रकाशित समय : २०:३७ बजे


















