पचपन्न वर्षमा घर फर्केपछि ७० वर्षको उमेरमा नागरिकता
वि.सं.२०८२ माघ २१ बुधवार २०:२४
shares

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ गौलीगाउँ देवलका गगनसिं खड्काले ७० वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन । सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले आज उनलाई जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा नागरिकता प्रदान गरे ।
विसं २०१२ माघ १५ गते जन्मिनुका खड्का १६ वर्षको उमेरमा रोजगारीको खोजीमा भारत गएका थिए । त्यसपछि उनि ५५ वर्षपछि फर्किएका हुन । गाउँ फर्केपछि स्थानीयवासीले बुढेसकालमा सरकारले दिने सामाजिक सुरक्षा भत्ताबारे जानकारी गराएपछि उनि नागरिकता बनाउन प्रशासन कार्यालय जनाएको हो ।
यसैगरी स्थायी ठेगाना सोलुखुम्बु भएका एनबी तामाङले पनि आज ७४ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन । उनि करिब पाँच दशकदेखि डडेल्धुरामा बसोबास गर्दै आएका छन । विसं २०३५ देखि डडेल्धुरा आएका तामाङले विभिन्न कारणले हालसम्म नागरिकता बनाउन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी ओलीले जानकारी दिए ।
























