काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गरिमाविकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघबीच सम्झौता

1.34K
shares

गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (ACAN) मा आबद्ध चार्टर्ड एकाउण्टेडहरुलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधाहरु प्रदानगर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ बीच एक सम्झौता सम्पन्न भएको छ ।

सो सम्बन्धी सम्झौता–पत्रमा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका हुन ।

सम्झौता पश्चात नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (ACAN) मा आबद्धचार्टर्ड एकाउण्टेण्ट सदस्यहरुले न्युनतम आवश्यक कागजातमा ७५हजार देखि ५ लाख सम्मको क्रेडिटकार्ड सुविधा प्राप्त गर्नुका साथै आवश्यक प्रक्रिया पूरा गरी बिनाधितो १५ लाख सम्मको व्यक्तिगत प्रोफेसनल कर्जा प्राप्तगर्न सक्नेछन ।

त्यसैगरी विकास बैंकले नेपालचार्टर्ड एकाउण्टेण्ट्स संघ (ACAN) मा आबद्ध चार्टर्ड एकाउण्टेण्ट सदस्यहरुलाई आकर्षक व्याजदरमा घर कर्जा र सवारी साधनकर्जा समेत प्रदान गर्नेछ ।

हालगरिमा विकास बैंक लिमिटेडले “अब आफ्नै घर”भन्ने नाराका साथ ६.४९ प्रतिशत देखि गरिमा आवास कर्जा तथा५.९९ प्रतिशत देखि नै गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गरिरहेको छ ।

हाल, गरिमा विकास बैंक लिमिटेडको देशभर १२६ शाखा कार्यालय र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत करिब ९ लाख५० हजार ग्राहकहरुलाई सरल, सुरक्षितएवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।