गृहपृष्ठ गरिमाविकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघबीच सम्झौता
गरिमाविकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघबीच सम्झौता
गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (ACAN) मा आबद्ध चार्टर्ड एकाउण्टेडहरुलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधाहरु प्रदानगर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ बीच एक सम्झौता सम्पन्न भएको छ ।
सो सम्बन्धी सम्झौता–पत्रमा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका हुन ।
सम्झौता पश्चात नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (ACAN) मा आबद्धचार्टर्ड एकाउण्टेण्ट सदस्यहरुले न्युनतम आवश्यक कागजातमा ७५हजार देखि ५ लाख सम्मको क्रेडिटकार्ड सुविधा प्राप्त गर्नुका साथै आवश्यक प्रक्रिया पूरा गरी बिनाधितो १५ लाख सम्मको व्यक्तिगत प्रोफेसनल कर्जा प्राप्तगर्न सक्नेछन ।
त्यसैगरी विकास बैंकले नेपालचार्टर्ड एकाउण्टेण्ट्स संघ (ACAN) मा आबद्ध चार्टर्ड एकाउण्टेण्ट सदस्यहरुलाई आकर्षक व्याजदरमा घर कर्जा र सवारी साधनकर्जा समेत प्रदान गर्नेछ ।
हालगरिमा विकास बैंक लिमिटेडले “अब आफ्नै घर”भन्ने नाराका साथ ६.४९ प्रतिशत देखि गरिमा आवास कर्जा तथा५.९९ प्रतिशत देखि नै गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गरिरहेको छ ।
हाल, गरिमा विकास बैंक लिमिटेडको देशभर १२६ शाखा कार्यालय र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत करिब ९ लाख५० हजार ग्राहकहरुलाई सरल, सुरक्षितएवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।
प्रकाशित समय : १८:१६ बजे





















