global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ राष्ट्रिय वाणिज्य बैंकको फोनलोन सेवा ‘आरबिबी डिजिटल संसार’ एपमार्फत सुरू

राष्ट्रिय वाणिज्य बैंकको फोनलोन सेवा ‘आरबिबी डिजिटल संसार’ एपमार्फत सुरू

राष्ट्रिय वाणिज्य बैंकको फोनलोन सेवा ‘आरबिबी डिजिटल संसार’ एपमार्फत सुरू

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औं वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय समावेशीकरण र डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै आरबिबी डिजिटल संसार मोबाइल बैंकिङ एपमार्फत ‘आरबिबी फोनलोन’ नामक नयाँ डिजिटल ऋण सेवा सुरू गरेको छ।

यो डिजिटल कर्जा सेवा एफ वान सफ्ट ग्रुप अन्तर्गतको फोनलोन प्रा.लिद्वारा प्रदान गरिएको छ, जसले पूर्ण रूपमा डिजिटल, छिटो र सहज कर्जा वितरण सुनिश्चित गर्दछ।

यस सेवामार्फत बैंकमा तलब बचत खाता रहेका योग्य ग्राहकहरूले हाललाई एक लाख रूपैयाँसम्मको ऋण कुनै धितो, कागजी प्रक्रिया वा बैंक शाखा भ्रमण नगरी सिधै मोबाइल एपमार्फत तुरुन्तै प्राप्त गर्न सक्नेछन्।

यो सेवा छिटो, सरल र सहज रूपमा औपचारिक ऋण पहुँच सुनिश्चित गर्न लक्षित गरिएको हो। ऋणको सीमा तथा योग्यता बैंकले तोकेका मापदण्डअनुसार निर्धारण गरिनेछ, जसमा तलब जम्मा कारोबारको नियमितता, हालसालैका ऋण दायित्व तथा ऋण चुक्ता गर्ने व्यवहार समावेश छन्।

ग्राहकहरूले एक महिनाको अवधिमा वा १२ महिनासम्म किस्ताबन्दीमार्फत ऋण चुक्ता गर्ने विकल्प रोज्न सक्नेछन्। साथै पूर्वभुक्तानी सुविधा पनि उपलब्ध छ।

बैंकबाट मोबाइल बैंकिङ सेवा लिइरहेका ग्राहकहरूले आरबिबी डिजिटल संसारएपमार्फत प्रमाणित इमेल ठेगाना प्रदान गरी सेवा दर्ता गर्न सक्नेछन्।

योग्य ग्राहकहरूले आरबिबी डिजिटल संसारएपको ड्यासबोर्डबाटै ऋण आवेदन दिन सक्नेछन् र स्वीकृतिपछि सेवा उपभोग गर्न सक्नेछन्।

प्रकाशित समय : १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु