गृहपृष्ठ लुम्बिनीबाट राष्ट्रिय सभामा केसीसहित जंगली र झाँक्री विजयी
लुम्बिनीबाट राष्ट्रिय सभामा केसीसहित जंगली र झाँक्री विजयी
लुम्बिनी प्रदेशमा आइतबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा गठबन्धनका तीनै उम्मेदवार निर्वाचित भएका छन् ।
मतगणना अनुसार महिलातर्फ नेकपा एमालेकी रामकुमारी झाँक्री, अपाङ्गतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्य समूहमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार झाँक्रीले ६ हजार ३३० मतभार प्राप्त गरिन् । उनका प्रतिस्पर्धी नेकपाकी दुर्गा भण्डारीले १ हजार ३६२ र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत ल्याइन् ।
अपाङ्गतातर्फ घिमिरेले ५ हजार ३२२ मतभार प्राप्त गर्दा नेकपाका सजन विकले १ हजार ६०१ मतभार पाए ।
अन्य समूहमा चन्द्रबहादुर केसीले ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित भए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका वृहस्पति अधिकारीले १ हजार ८३२ र राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मत ल्याए ।
प्रकाशित समय : १७:५४ बजे





















