काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

लुम्बिनीबाट राष्ट्रिय सभामा केसीसहित जंगली र झाँक्री विजयी

1.27K
shares

लुम्बिनी प्रदेशमा आइतबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा गठबन्धनका तीनै उम्मेदवार निर्वाचित भएका छन् ।

मतगणना अनुसार महिलातर्फ नेकपा एमालेकी रामकुमारी झाँक्री, अपाङ्गतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्य समूहमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार झाँक्रीले ६ हजार ३३० मतभार प्राप्त गरिन् । उनका प्रतिस्पर्धी नेकपाकी दुर्गा भण्डारीले १ हजार ३६२ र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत ल्याइन् ।

अपाङ्गतातर्फ घिमिरेले ५ हजार ३२२ मतभार प्राप्त गर्दा नेकपाका सजन विकले १ हजार ६०१ मतभार पाए ।

अन्य समूहमा चन्द्रबहादुर केसीले ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित भए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका वृहस्पति अधिकारीले १ हजार ८३२ र राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मत ल्याए ।