global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ उपचारका क्रममा १८ वर्षीया युवतीको मृत्यु, घटनापछि नवलपुर क्षेत्र केही समय तनावग्रस्त (भिडियो सहित)

उपचारका क्रममा १८ वर्षीया युवतीको मृत्यु, घटनापछि नवलपुर क्षेत्र केही समय तनावग्रस्त (भिडियो सहित)

उपचारका क्रममा १८ वर्षीया युवतीको मृत्यु, घटनापछि नवलपुर क्षेत्र केही समय तनावग्रस्त  (भिडियो सहित)

सर्लाही । सर्लाहीको नवलपुरमा रहेको मोहन आयुर्वेद औषधालयमा उपचारका क्रममा एक युवतीको मृत्यु भएको छ ।

पाइल्सको समस्याबाट पीडित १८ वर्षीया हंसु पासवान उपचारका लागि औषधालय पुगेकी थिइन्, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

लालबन्दी नगरपालिका–२, पुनर्वासकी स्थायी बासिन्दा हंसुको अवस्था सुरुमा सामान्य रहेको परिवारजनको भनाइ छ । तर औषधालयमा इन्जेक्सन लगाएपछि उनको स्वास्थ्य अचानक बिग्रिएको र केही समयमै अर्को इन्जेक्सन लगाइएपछि अवस्था झनै जटिल बन्दै गएर मृत्यु भएको पीडित पक्षले जनाएको छ ।

बिरामीको अवस्था गम्भीर बनेपछि उनलाई नवलपुरबाट हरिवनस्थित नमूना अस्पताल लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि नवलपुर क्षेत्र केही समय तनावग्रस्त बनेको थियो ।

आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरेका थिए भने अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उक्त आयुर्वेद औषधालय अवैध रहेको बताइएको छ । प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवातर्फ पठाएको छ । घटनासँग सम्बन्धित अनुसन्धानका लागि मोहन आयुर्वेद औषधालयका वैद्य रामविनय साहलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।

प्रकाशित समय : १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु