गृहपृष्ठ भोलि सुदूरपश्चिम जाँदै बालेन
भोलि सुदूरपश्चिम जाँदै बालेन
झापाबाट फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह भोलि सुदूरपश्चिम प्रदेश जाने भएका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना हुने चुनावी प्रचार–प्रसार कार्यक्रममा उनी सहभागी हुने कार्यक्रम तय भएको छ।
चुनावी मनोनयनका सिलसिलामा झापा पुगेका साह केही दिन त्यहाँ बसेर हिजो काठमाडौं फर्किएका थिए। झापाको बसाइपछि उनी उत्साहित देखिएको बताइन्छ। यद्यपि, त्यहाँ रहँदा उनले प्रयोग गरेको महँगो गाडीलाई लिएर विवादसमेत उत्पन्न भएको थियो। उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम क्षेत्र नं. २ बाट र कोर टिमका सदस्य केपी खनाल कैलाली क्षेत्र नं. २ बाट उम्मेदवार बनेका हुन्। यी दुई निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राख्दै साह सुदूरपश्चिम जान लागेको बुझिएको छ। सुदूरपश्चिममा केही दिन बिताएपछि साह काठमाडौं फर्किने कार्यक्रम छ।
प्रकाशित समय : १७:०१ बजे





















