global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ राष्ट्रिय काष्ठमण्डप कराँते बुधबारदेखि

राष्ट्रिय काष्ठमण्डप कराँते बुधबारदेखि

राष्ट्रिय काष्ठमण्डप कराँते बुधबारदेखि

नेपाल सितोरियो कराँते सङ्घ, लैनचौर शाखा डोजोको आयोजनामा राष्ट्रिय काष्ठमण्डप कराँते प्रतियोगिता हुने भएको छ ।

बुधबारदेखि हुने प्रतियोयितामा नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरी (एपीएफ)गरी १० टोलीबाट २१० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक रामकुमार थारुले जानकारी दिए । प्रत्येक टोलीबाट २१ खेलाडी सहभागी हुने उनले बताए ।

त्यस क्रममा पुरुषमा नौ र महिलामा आठ गरी १७ स्पर्धामा खेल हुनेछन् । टोली विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । तीनदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने आयोजकले जनाएको छ ।

प्रकाशित समय : २०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु