गृहपृष्ठ सीमा द्वन्द्वबाट प्रभावित बालबालिकाहरूलाई सहयोग गर्न युनिसेफ र कम्बोडिया, स्थानीय टेल्को बीच सहकार्य
सीमा द्वन्द्वबाट प्रभावित बालबालिकाहरूलाई सहयोग गर्न युनिसेफ र कम्बोडिया, स्थानीय टेल्को बीच सहकार्य
कम्बोडियामा संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) र स्थानीय “टेल्को स्मार्ट आजियाटा” ले थाइल्यान्डसँगको हालैको सीमा द्वन्द्वबाट प्रभावित बालबालिकाहरूलाई सहयोग गर्न साझेदारी गरेको सोमबार एक संयुक्त प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।
द्वन्द्वबाट प्रभावित हजारौं बालबालिकाहरूको स्वास्थ्य र शिक्षाको रक्षा गर्ने उद्देश्यले एक वर्षको आपतकालीन पहल सुरु गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ । सिमामा चर्कियको चरम द्वन्द्वले छ लाख भन्दा बढी कम्बोडियन मानिसहरूलाई विस्थापित गरेको छ भने, विस्थापीत हुनेमा दुई लाख भन्दा बढी बालबालिका र तीन लाख महिला छन् ।
कम्बोडियाका लागि युनिसेफका प्रतिनिधि विल पार्कले संकट आउँदा बालबालिकाहरू सधैँ सबैभन्दा बढी जोखिममा रहेको बताएको छ ।
उनले साझेदारीले “संकटको समयमा पनि, बालबालिकाहरूले सिकाई जारी राख्न र बाँच्न आवश्यक पोषण सुनिश्चित गर्ने बताएको छ ।
प्रेस विज्ञप्ति अनुसार यस पहलले पाँच वर्ष मुनिका दश हजार भन्दा बढी बालबालिकामा तीव्र पोषण जाँचको माध्यमबाट कुपोषणको पहिचान र सम्बोधन गर्नेछ । तीव्र कुपोषणको उपचार प्रदान गरी आपतकालिन समयमा बच्चाहरूलाई आहार दिने अभ्यासहरू बारे नौ हजार ५०० भन्दा बढी हेरचाहकर्ताहरूलाई परामर्श दिनेछ ।
यसले दुई हजार प्राथमिक विद्यार्थीहरूका लागि “होम लर्निङ” प्याकेजहरू र अस्थायी आश्रयहरूमा पाँच साना बच्चाहरूका लागि प्रारम्भिक बाल्यकाल विकास किटहरू प्रदान गर्ने जनाइएको छ जसले खेल र सिकाइका लागि सुरक्षित ठाउँहरू सुनिश्चित गर्नेछ ।
“युनिसेफ कम्बोडियासँगको साझेदारीको माध्यमबाट, बच्चाहरूलाई सिकाइ जारी राख्न र तत्काल आवश्यक पर्ने पोषण र सुरक्षा प्राप्त गर्न मद्दत गरिरहेको स्मार्ट आजियाटाका सीईओ रितेश कुमार सिंहले बताएको छ ।
कम्बोडिया र थाइल्यान्ड तीन हप्ताको सशस्त्र द्वन्द्व पछि सन् २०२५ डिसेम्बर –२७ मा युद्धविराम गर्न सहमत भएका थिए । कम्बोडियाको आन्तरिक मन्त्रालयका अनुसार करिब पाँच लाख दश हजार विस्तापित कम्बोडियनहरू अहिलेसम्म आफ्नो घर फर्केको जनाइएको छ ।
प्रकाशित समय : १६:११ बजे





















