global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन

नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन

नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन

काठमाडौँ । गृहसचिव राजकुमार श्रेष्ठले नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वासलाई अभिवृद्धि गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालको आज निरीक्षणपश्चात् आयोजित कार्यक्रममा उहाँले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक समन्वय र सहकार्यका साथ कार्यसम्पादन गर्न निर्देशन दिए ।

गृहसचिव श्रेष्ठले स्रोतसाधनको सीमितता र चुनौतीका बाबजुद अपराधको नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा, समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गराउन तथा कानुन कार्यान्वयनमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रचलित ऐन, कानुनको कार्यान्वयन, नागरिकको जीउधन र संवैधानिक हकअधिकारको संरक्षणमा प्रहरी सङ्गठन कटिबद्ध रहेको बताए ।

प्रकाशित समय : १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु