global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ पुस सम्म ४७५ उद्योगमा ३९ अर्ब २३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता

पुस सम्म ४७५ उद्योगमा ३९ अर्ब २३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता

पुस सम्म ४७५ उद्योगमा ३९ अर्ब २३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । पुस महिना सम्म नेपालका ४७५ उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महीनामा उक्त लगानी प्रतिबद्धता आएको हो । यसअघि असोज सम्म ३११ ओटा उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।

विभागका अनुसार हालसम्म प्रत्यक्ष वैदेशिक लगानीको कुल प्रतिबद्धता ७ हजार ७१३ ओटा उद्योगमा ६ खर्ब ७५ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ पुगेको छ । चालू आवमा प्राप्त लगानी प्रतिबद्धतामध्ये ७ ओटा ठूला, ८ ओटा मध्यम र ४६० ओटा साना उद्योग रहेका छन् ।

गत पुस महिनामा मात्रै ३६ ओटा साना उद्योगमा ५ अर्ब ९९ करोड ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । क्षेत्रगत रूपमा हेर्दा पछिल्लो ६ महीनामा उद्योग संख्याका आधारमा सूचना प्रविधिमूलक क्षेत्र अगाडि देखिएको छ ।

कृषि मुलक उद्योगमा अग्रस्थानमा

रकमका आधारमा भने कृषिमूलक क्षेत्र अग्रस्थानमा रहेको छ । कृषिमूलक १३ ओटा उद्योगमा २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । यस अवधिमा सूचना प्रविधिमूलक २५७ ओटा उद्योगका लागि १ अर्ब ७ करोड ८४ लाख ८६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

त्यसैगरी पर्यटनमूलक क्षेत्रका १४५ ओटा उद्योगमा १० अर्ब ५४ करोड २० लाख ५० हजार रुपैयाँ, उत्पादनमूलक क्षेत्रका २७ ओटा उद्योगमा २ अर्ब ३ करोड २३ लाख रुपैयाँ, ऊर्जामूलक क्षेत्रको एउटा उद्योगमा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ, खनिज क्षेत्रको एउटा उद्योगमा ४ करोड ५० लाख रुपैयाँ र सेवामूलक क्षेत्रका ३१ ओटा उद्योगमा ३ अर्ब ४६ करोड ६० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

प्रकाशित समय : ०९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु