काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारतमा डिसेम्बर २०२५ मा थोक मूल्य सूचकांक ०.८३ प्रतिशत

4.37K
shares

भारतको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार डिसेम्बर २०२५ मा थोक मूल्य सूचकांक ०.८३ प्रतिशत पुगेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार मेसिनरी, उपकरण, खाद्य वस्तु, कपडा र खनिज पदार्थको मूल्यमा भएको वृद्धिका कारण डिसेम्बरमा मुद्रास्फीति दर सकारात्मक देखिएको हो ।

खाद्य मुद्रास्फीति नोभेम्बर २०२५ को २.६० प्रतिशतको तुलनामा डिसेम्बरमा स्थिर अवस्थामा आइपुगेको छ । प्राथमिक वस्तु समूहको सूचकांक १.०९ प्रतिशतले वृद्धि भई नोभेम्बरको १९२.१ बाट बढेर डिसेम्बरमा १९४.२ कायम भएको छ ।

इन्धन र शक्ति समूहको सूचकांक १.२३ प्रतिशतले बढेर १४८.३ पुगेको छ, जुन नोभेम्बरमा १४६.५ थियो । यसैगरी, निर्मित उत्पादन समूहको सूचकांक पनि ०.४१ प्रतिशतले वृद्धि भई १४५.६ पुगेको तथ्याङ्कले देखाएको छ ।