global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ पहिला देशद्वारा सरकारले सम्झौता कार्यान्वयन नभएको भन्दै संघर्षको घोषणा

पहिला देशद्वारा सरकारले सम्झौता कार्यान्वयन नभएको भन्दै संघर्षको घोषणा

पहिला देशद्वारा सरकारले सम्झौता कार्यान्वयन नभएको भन्दै संघर्षको घोषणा

काठमाडौं । पहिला देश (पिपुल्स रेभ्युलेसन)का संयोजक एसपी शाहले आफूरुसँग सरकारले गरेको सम्झौत पूरा नगरेकोले पुन आन्दोलनको घोषणा गर्नु परेको बताएका छन् ।

शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रवक्ता डा.निकोलस भुसाल आनसानको क्रममा सरकारसँग गरेको सम्झौता कार्यान्वयन नगरेको बताएका छन् ।

पत्रकार सम्मेलनमा संयोजक एसपी शाहले आगामी माघ १६ गतेदेखि सडक संघर्ष गर्ने पनि जानकारी गराए । प्रवक्ता डा.निकोलस भुसालले आफू ११ दिन अनसन बसेर जेनजीका माग पुरा गर्न सम्झौता गरे पनि पूरा नगरेको भन्दै रोश व्यक्त गरेका छन् ।

‘मेरो अनसन तोड्न सहमति त गरियो तर पूरा नगरेर सरकारले झुक्यायो, यथास्थितिमा हुने चुनाव रोक्न र जेनजी म्याण्डेट अनुसार अघि बढ्न आन्दोलनको विकल्प छैन’ भुसालले चेतावनी दिए ।

पूर्व आइजिपी सर्वेन्द्र खनालले वर्तमान सरकार पनि पुरानै बाटोमा हिंडेको आरोप लगाउँदै त्यसको विकल्प खोजिनुपर्ने बताए । अभियान्ता दिनेश सुवेदीले देशमा अराजकताले सीमा नाघेकोले नयाँ संघर्षबाट राजनीतिक स्थायीत्व दिनुपर्ने धारणा राखे ।

पत्रकार सम्मेलनमा पहिला देश(पिपुल्स रेभ्युलेसन)को पहिलो विस्तारित बैठकबाट १०८ सदस्यीय केन्द्रीय समिति, ३१ विभागिय प्रमुख तथा ७ स्वात्त विकास राज्य प्रमुखहरु चयन भएको सार्वजनिक गरेको छ ।

 

प्रकाशित समय : १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु