global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ लकर सेवामा एनआईसीको ३० प्रतिशत छुट योजना

लकर सेवामा एनआईसीको ३० प्रतिशत छुट योजना

लकर सेवामा एनआईसीको ३० प्रतिशत छुट योजना

एनआईसी एशिया बैंकले आफ्ना सेवाग्राहीका लागि लकर सेवामा ३० प्रतिशत विशेष छुटको घोषणा गरेको छ।

सेवाग्राहीका बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू सुरक्षित राख्ने उद्देश्यका साथ बैंकले सहुलियत योजना ल्याएको हो। बैंकले सार्वजनिक गरेको नयाँ योजनाअनुसार सेवाग्राहीले लकरको पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशत छुट प्राप्त गर्नेछन्।

यो विशेष सुविधा आगामी २०८२ माघ ६ गतेसम्मका लागि मात्र उपलब्ध हुने बैंकले जनाएको छ। मुलुकभरका विभिन्न शाखाहरूमा आवश्यकता अनुसारका विभिन्न आकारका लकरहरू उपलब्ध रहेको र यस योजनाले सेवाग्राहीकालाई थप सहज एवं सहुलियतपूर्ण रूपमा सेवा लिन मद्दत पुग्ने बैंकको विश्वास छ।

प्रकाशित समय : १९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु