गृहपृष्ठ एनआई सी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट
एनआई सी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट
एनआई सी एशिया बैंकले आफ्ना ग्राहकहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा उपलब्ध गराएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पु-याएको छ ।
२०८२ माघ ६ गते सम्मका लागि मात्र ल्याइएको नयाँ योजना अनुसार ग्राहकहरुले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्नेछन ।
ग्राहकहरुले यस बैंकको लकर सुविधालिई आफ्नो बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्न सकिनेछ । बैंकले मुलुक भरका विभिन्न शाखाहरुमा ग्राहकहरुको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरु उपलब्ध गराएको छ ।
बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहकहरुलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । यस बैंकले उपलब्ध गराएको लकर सेवा बारेमा थप जानकारीको लागि बैंकको नजिकैको शाखा कार्यालय वाग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, १८१०–२१–७७७७१ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्रकाशित समय : ११:४३ बजे




















