global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सन्दीप लामिछानेआबद्ध राजशाही वारियर्सको बिपिएलमा चौथो जित

सन्दीप लामिछानेआबद्ध राजशाही वारियर्सको बिपिएलमा चौथो जित

सन्दीप लामिछानेआबद्ध राजशाही वारियर्सको बिपिएलमा चौथो जित

नेपाली लेगस्पिनर सन्दीप लामिछानेआवद्ध राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग (​बिपिएल) मा लगातार तेस्रो तथा समग्रमा चाैथाे जित हात पारेको छ ।

बिहीबार भएको खेलमा नोआखाली एक्सप्रेसलाई ६ विकेटले हराउँदै उसले लगातार तेस्रो जित हात पारेको हो ।

पाँचाैँ खेलमा ​नोआखालीले दिएको १ सय ५२ रनको लक्ष्य राजशाहीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ओपनिङ ब्याटर मोहम्मद वासिमले अर्धशतकीय पारी खेले ।

उनले ३५ बलमा चार चौका र चार छक्काको मद्दतमा ६० रन बनाए । त्यस्तै, तान्जिद हसनले २१, मुशफिकुर रहिम र रायन बर्लले अविजित १९/१९ रनको योगदान दिए । ​नोआखालीका लागि बलिङमा मेहेदी हसन राणाले तीन, हसन महमूद र मोहम्मद नाबीले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नोआखाली एक्सप्रेसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५३ रन बनायो । उसका लागि सौम्या सरकारले सर्वाधिक ५९, मोहम्मद नाबीले ३५, शाहदत हुसेनले ३० र महिदुल इस्लाम अंकनले १० रन बनाए ।

राजशाहीका लागि बलिङमा रिपन मन्डोलले २, बिनुरा फर्नान्डो, नजमुल हुसेन शान्तो र हसन मुरादले एक/एक विकेट लिए ।

राजशाहीमा आबद्ध नेपाली स्पिनर सन्दीप लामिछानेले भने पछिल्लो तीन खेलयता मौका पाउन सकेका छैनन् । उनले प्रतियोगितामा पहिलो दुई खेल खेल्दै तीन विकेट लिएका थिए ।

प्रकाशित समय : १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु