चलचित्र ‘शिवांश’को टिजर सार्वजनिक
वि.सं.२०८२ पुस २४ बिहीवार १४:०९
shares

चलचित्र ‘शिवांश’को टिजर सार्वजनिक भएको छ । बिदाको अवसर पारेर महाशिवरात्रि (फागुन ३) गते रिलिज हुने चलचित्रको टिजर निर्माणपक्षले आज सार्वजनिक भएको हो ।
‘सुरुआत नै अन्त्य हो र अन्त्य नै शिवांश’ भन्दै सुरु हुने टिजरमा चलचित्रका मुख्य कलाकार प्रवीण खतिवडा छन् । उनी सन्तको भूमिकामा देखिएका छन् ।
चलचित्रको निर्देशकमा सन्तोष कुमार आत्रेय छन् । निर्मातामा अञ्जान केसी छन् ।
प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । चलचित्रको कथा अञ्जान केसीले लेखेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।

























