global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ राष्ट्रिय योग दिवस मनाउने तयारी

राष्ट्रिय योग दिवस मनाउने तयारी

राष्ट्रिय योग दिवस मनाउने तयारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १ गते राष्ट्रिय योग दिवस मनाउन आवश्यक तयारी गरेको छ ।

‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श नाराका साथ स्थानीय परिवेश अनुसार विद्यालयस्तर र सङ्घ–संस्था तहमा पनि दिवस मनाउन मन्त्रालयले सूचित गरेको छ ।

दिवस मनाउन मन्त्रालयका सचिव चूडामणि पौडेलको संयोजकत्वमा रहेको मूल समारोह उपसमितिले दिवसका दिन यससँग सम्बन्धित सङ्घ संस्थालाई एक घन्टा नजिकको पायकपर्ने विद्यालयमा योग–ध्यानसम्बन्धी प्रवचन र अभ्यास गराउन आग्रह गरिएको मन्त्रालयका उपसचिव गोविन्दप्रसाद अर्यालले जानकारी दिए ।

हरेक जुन २१ मा अन्तरराष्ट्रिय योग दिवस मनाइन्छ भने राष्ट्रिय योग दिवस हरेक माघ १ गते मनाइन्छ ।

प्रकाशित समय : १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु