global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ आयल निगमको वार्षिकोत्सवका अवसरमा रक्तदान, १६७ प्रिन्ट रगत सङ्कलन

आयल निगमको वार्षिकोत्सवका अवसरमा रक्तदान, १६७ प्रिन्ट रगत सङ्कलन

आयल निगमको वार्षिकोत्सवका अवसरमा रक्तदान, १६७ प्रिन्ट रगत सङ्कलन CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको ५६औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित रक्तदान कार्यक्रममा १६७ प्रिन्ट रगत सङ्कलन भएको छ ।

निगमको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित रक्तदानमा निगमका कर्मचारी, कर्मचारीका परिवार, अन्य कार्यालयका कर्मचारीले रक्तदान गरेको हो । नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सञ्चालन गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

निगमले प्रत्येक वार्षिकोत्सवको पूर्वसन्ध्यमा यसप्रकारको रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । निगमको ५५औँ वार्षिकोत्सवका अवसरमा गत वर्ष १४७ प्रिन्ट रगत सङ्कलन भएको थियो ।

रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै निगम सञ्चालक समितिका अध्यक्ष डा रामप्रसाद घिमिरे रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले रक्तदान कार्यक्रम निरन्तरतामा जोड दिए ।

प्रकाशित समय : ०२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु