global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ‎एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको आज पोखरामा हुँदै

‎एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको आज पोखरामा हुँदै

‎एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको आज पोखरामा हुँदै

एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड बुधबार (पुस २३) पोखरामा आयोजना हुँदै छ ।

‎नेपाली खेलकुद पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले वार्षिक रूपमा आयोजना गर्दै आएको अवार्डको २२औँ संस्करण आज पोखरास्थित सभागृहमा अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।

‎अवार्ड कुल १० विधामा प्रदान गरिनेछ । खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाका रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ ।

मनोनयनमा परेका खेलाडी विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल)का लागि डिजिटल वालेट खल्ती आईएमई एपमार्फत भोटिङ भएको थियो ।

‎यसअघि मञ्चले स्पोर्ट्स अवार्डसँगै एनएसजेएफ स्पोर्ट्स समिटको पनि आयोजना गरेको थियो । अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ भने ‘पावर्ड बाई’मा यती एयरलाइन्सको साथ थपिएको छ ।

प्रकाशित समय : ११:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु