global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ७७ वटै जिल्लामा एनसेलको फोरजी नेटवर्क विस्तार

७७ वटै जिल्लामा एनसेलको फोरजी नेटवर्क विस्तार

७७ वटै जिल्लामा एनसेलको फोरजी नेटवर्क विस्तार

एनसेलले सन् २०२५ मा देशभर २५० वटा नयाँ फोरजी टावर जडान गरी सञ्चालनमा ल्याएको छ। साथै, ग्राहकलाई उच्च गतिको डेटा र गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउन २२ सय वटा साइटको क्षमता अभिवृद्धि गरेको छ।

विशेष गरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशलाई केन्द्रित गरी गरिएको विस्तारले अझ स्पष्ट भ्वाइस र उच्च गतिको फोरजी डेटा सुनिश्चित गरेको जनाएको छ। नयाँ टावरहरूमध्ये मधेश प्रदेशमा मात्रै सयभन्दा बढी स्थापना गरिएका छन्। कर्णालीका दैलेख, रुकुम पश्चिम र सुदूरपश्चिमका डोटी, कैलाली लगायतका दुर्गम क्षेत्रमा समेत सेवा पुर्याइएको कम्पनीले जनाएको छ।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले यो विस्तार केवल कनेक्टिभिटी मात्र नभई डिजिटल दुनियाँमा पहुँच र अवसरको विषय भएको बताए। नेपाल दूरसञ्चार प्राधिकरणको सहजीकरणसँगै पछिल्लो साढे दुई महिनामा मात्रै १९७ वटा टावर जडान गरिएको हो।

प्रकाशित समय : ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु