global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ठोरीमा आन्तरिक र भारतीय पर्यटकको चहलपहल बढ्यो

ठोरीमा आन्तरिक र भारतीय पर्यटकको चहलपहल बढ्यो

ठोरीमा आन्तरिक र भारतीय पर्यटकको चहलपहल बढ्यो

ठोरी । पर्साको ठोरीमा आन्तरिक तथा भारतीय पर्यटकको चहलपहल बढेको छ।

अंग्रेजी नयाँ वर्षको २०२६ को सुरुवातसँगै ठोरीमा आन्तरिक तथा भारतीय पर्यटकको चहलपहल बढेको हो। पछिल्लो समय मधेस प्रदेशको पर्यटकीय गन्तव्यका रुपमा ठोरी चर्चामा छ।

ठोरीमा भ्रमण तथा बनभोजका लागि बिरगञ्ज, सिमरा, पथलैया, निजगढ, सर्लाही, हेटौंडा, चितवन लगायतका स्थानबाट आन्तरिक पर्यटकहरू आउने क्रम बढेको ठोरी इकोलक्स रिट्रीट होटल तथा रिसोर्टका संचालक छतेन्द्र आचार्य बताउँछन्।

यसैगरी भारत बिहारको नरकटियागञ्ज, पटना, बेतिया, मोतिहारी, बगाहा तथा उत्तर प्रदेशका विभिन्न स्थानबाटसमेत पर्यटकहरू ठूलो संख्यामा ठोरी आइरहेको आचार्यले जानकारी दिए।

ठोरीमा पछिल्लो समय सुविधा सम्पन्न होटल तथा रिसोर्टहरु संचालनमा छन्।

ठोरीमा रेड हिल, ह्वाइट हिल, राइधारा, गणेशमान पार्क, सितागुफा, तालखोला, सहिद पार्क लगायतका स्थानहरू पर्यटकीय गन्तव्यका रुपमा चर्चित छन।

प्रकाशित समय : ०९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु