काठमाडाैं– ५ मा राप्रपाबाट हिक्मतजंग कार्कीको दाबी
वि.सं.२०८२ पुस १८ शुक्रवार २१:१९
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य हिक्मत जंग कार्कीले प्रतिनिधिसभातर्फ काठमाडौं– ५ मा उम्मेदवारी दाबी गरेका छन् । एक दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय कार्कीले काठमाडाैं– ५ मा दाबी गरेका हुन् ।
बेलायतको युनिभर्सिटी अफ ईस्ट लन्डनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका कार्की हाल पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा कार्यकारी सदस्यका रूपमा सक्रिय छन् ।
साथै, अन्तर्राष्ट्रिय युवा लोकतान्त्रिक युनियनका सहअध्यक्षसमेत रहेका उनी अन्तर्राष्ट्रिय मञ्चमा नेपाली राजनीतिक आवाज उठाउँदै आएका छन् ।
























