global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ शैक्षिक अवस्थामा सुधार ल्याउन अतिरिक्त कक्षा

शैक्षिक अवस्थामा सुधार ल्याउन अतिरिक्त कक्षा

शैक्षिक अवस्थामा सुधार ल्याउन अतिरिक्त कक्षा

कालीकोटको रास्कोट नगरपालिकाले एसइईमा शैक्षिक सुधार ल्याउनका लागि आवासीय सुविधासहितको अतिरिक्त कक्षा सञ्चालन गरेको छ ।

नगरपालिकाभित्रका चार माध्यमिक विद्यालयमा एसइई दिने विद्यार्थीका लागि आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालन गरिएको हो । यही शैक्षिक सत्रमा हुने एसइई नतिजा सुधारका लागि आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालन गरिएको हो ।

नगरपालिकाका चारवटै माध्यमिक विद्यालयले यस वर्षदेखि ३०९ विद्यार्थीलाई एसइई तयारीका लागि आवासीय व्यवस्थापन गरेर विद्यालयमै राखेर दिउँसो नियमित पढाइका साथै बिहान बेलुकी थप तयारी कक्षा सञ्चालन गरिरहेको रास्कोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहीले बताए ।

“विद्यार्थीबाट केही रकम लिएर आवासीय कक्षा सञ्चालन गरिएको छ”, उनले भने, “आर्थिक रुपमा विपन्न केही विद्यार्थीलाई विद्यालयले शुल्क मिनाहा पनि गरेका छन् ।”

बडीमालिका माध्यमिक विद्यालय रास्कोटले ५६ छात्र र ४८ छात्राबाट प्रतिव्यक्ति मासिक चार हजार शुल्क, कालाशिल्ला माध्यमिक विद्यालयले ४४ छात्र र ३७ छात्रालाई प्रतिविद्यार्थी मासिक चार हजार ९५० शुल्क, जनजागृति माध्यमिक विद्यालय फुकोटले ३७ छात्र र ४४ छात्रालाई मासिक चार हजार शुल्क तोकेको प्रमुख शाहीले जानकारी दिए ।

त्यस्तै, मोतीराम माध्यमिक विद्यालय सिप्खानाले २० छात्रा र २३ छात्रबाट नगद तीन हजार र १५ किलो चामल र दुई किलो दालका दरले शुल्क उठाएर आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालन गरिएको शाखा प्रमुख शाहीले बताए ।

“नगद तिर्न नसक्ने विद्यार्थीले उक्त मूल्य बराबरको चामल, दाल, तरकारी र दाउरा उपलब्ध गराउनसक्ने व्यवस्था गरेको छ” उनले भने, “आवासीय विद्यालयका लागि नगरपालिकाले प्रतिविद्यालय दुई लाख तथा द्रुत सिकाइअन्तर्गत प्लान इन्टरनेशनल र हुरेन्डेकको सहकार्यमा सञ्चालित सशक्त बालिका परियोजनाले ५० हजारका दरले शिक्षकको पारिश्रमिक र परीक्षण परीक्षाका लागि व्यर्होने छन् ।”

जिल्लाका नौ स्थानीय तहमध्ये अन्य आठ स्थानीय तहका एसइई परीक्षा दिने विद्यार्थी, जिल्लाका अन्य स्थानीय तहका विद्यार्थी ट्युसनको खोजीमा जिल्ला सदरमुकाम मान्म, सुर्खेतलगायत ठाउँ जान बाध्य छन् ।

प्रकाशित समय : १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु