काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपालकै पहिलो ग्रीन स्टिल कम्पनी हुलास स्टिलद्वारा सिमरामा सौर्य ऊर्जा प्लान्ट उद्घाटन

2.12K
shares

सिमरा । नेपालकै पहिलो ग्रीन स्टिल तथा रूफिङ कम्पनीका रूपमा परिचित हुलास स्टिल इन्डस्ट्रिज लिमिटेड ले बारा जिल्लाको सिमरास्थित आफ्नै कारखानामा सौर्य ऊर्जा प्लान्टको औपचारिक उद्घाटन गरेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र तथा नेपाल सरकारको प्राविधिक मार्गदर्शन र सब्सिडी सहयोगमा सम्पन्न यस परियोजनाले औद्योगिक क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोगलाई थप गति दिने विश्वास लिइएको छ ।

सौर्य ऊर्जा प्रणालीको स्थापना सार्वजनिक–निजी सहकार्यको सफल उदाहरणका रूपमा समेत हेरिएको छ । यसले उद्योग क्षेत्रमा नवीकरणीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै कार्बन उत्सर्जन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

हुलास स्टिलले वातावरणीय दिगोपनलाई प्राथमिकतामा राख्दै यसअघि नै आफ्ना कन्टिन्युअस ग्याल्भनाइजिङ लाइन र कलर कोटिङ लाइनलाई डिजेल इन्धनबाट विद्युत ऊर्जामा रूपान्तरण गरिसकेको छ । उक्त पहलमार्फत जीवाश्म इन्धनको प्रयोगमा उल्लेखनीय कमी आउनुका साथै वातावरणीय प्रदूषण न्यूनिकरणमा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ ।

नव स्थापित सौर्य ऊर्जा प्रणालीले अब स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन गर्नेछ, जसबाट कार्बन डाइअक्साइड उत्सर्जनमा मापनयोग्य कमी आउने अपेक्षा गरिएको छ । यसले ऊर्जा दक्षता बढाउनुका साथै वातावरणीय सन्तुलन कायम गर्न समेत सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

ब्भ्एऋ को सब्सिडी तथा प्राविधिक सहयोगले औद्योगिक क्षेत्रभित्र रूफटप सोलार प्रणालीको प्रयोगलाई थप आकर्षक बनाएको उल्लेख गर्दै हुलास स्टिलले भविष्यमा पनि हरित ऊर्जामैत्री प्रविधिमा लगानी विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।

यो पहल जिम्मेवार उत्पादन, जलवायु कार्य र दिगो औद्योगिक विकास सम्बन्धी लक्ष्यहरूसँग पूर्ण रूपमा मेल खाने कम्पनीको  ESG (Environment, Social and Governance)  सिद्धान्तअनुरूपको कदम हो । यस उपलब्धिसँगै हुलास स्टिलले नेपालमा हरित उद्योगको नेतृत्वकर्ता रूपमा आफ्नो पहिचानलाई थप सुदृढ बनाउँदै दिगो र स्वच्छ भविष्यतर्फ सकारात्मक योगदान पुर्‍याइरहेको छ ।