global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ दिपलको ‘फेस्टिभ ड्राइभ’, क्रिसमस र नयाँ वर्षलक्षित टेस्ट ड्राइभ र एक्सचेन्ज

दिपलको ‘फेस्टिभ ड्राइभ’, क्रिसमस र नयाँ वर्षलक्षित टेस्ट ड्राइभ र एक्सचेन्ज

दिपलको ‘फेस्टिभ ड्राइभ’, क्रिसमस र नयाँ वर्षलक्षित टेस्ट ड्राइभ र एक्सचेन्ज

नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक वितरक एमएडब्लु बृद्धिले क्रिसमस र नयाँ वर्ष २०२६ को अवसरमा विशेष टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम दिपल ‘फेस्टिभ ड्राइभ’ सुरु गरेको छ ।

यो कार्यक्रममा ग्राहकले अत्याधुनिक इभी प्रविधिको अनुभव गर्नुका साथै आकर्षक फेस्टिभ बेनेफिटहरु पाइने कम्पनीले जनाएको छ ।

पुस १० देखि १७ सम्म संचालन हुने यस अभियानमा ग्राहकहरुले नक्सालस्थित चांगान सोरुममा दिपलका प्रिमियम इभी मोडेलको टेस्ट ड्राइभ लिनुका साथै आफ्ना पुराना सवारीसाधन साटेर नयाँ दिपल इभी एक्सचेन्ज गर्न सक्नेछन् ।

यो अभियानको उद्देश्य चाडपर्वको खुशीसँग नेपाली उपभोक्तालाई स्मार्ट, स्वच्छ र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटीतर्फ प्रोत्साहन गर्नु रहेको कम्पनीले दाबी गरेको छ ।

कार्यक्रममा फेस्टिभ डेकोरेसन, सान्टा रोबोट को अनुभवका साथै ग्राहकहरुले आकर्षक गिफ्ट ह्याम्पर पनि पाउनेछन् । दिपलले नविनता, जीवनशैली र उत्सवलाई एउटै प्लेटफर्ममा समेट्ने प्रयास स्वरुप यो अभियान सुरु गरेको हो ।

प्रकाशित समय : २१:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु