काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बङ्गलादेश : आक्रमणबाट गम्भीर घाइते भएका विद्यार्थी नेता हादीलाई उपचारका लागि सिङ्गापुर लगिने

2.16K
shares

सन् २०२४ को विद्रोहको नेतृत्व गरेका एक विद्यार्थी नेता सरिफ उस्मान हादीमाथि हत्याको प्रयास भएको र उनि गम्भीर घाइते भएकाले उपचारका लागि सिङ्गापुर लगिने भएको छ ।

बङ्गलादेशको अन्तरिम सरकारले हादीमाथि आक्रमण भएको र उनलाई उपचारका लागि विदेश पठाउन लागिएको जनाएको छ ।

राजधानी ढाकास्थित मस्जिदबाट निस्कने क्रममा नकाबधारी हमलाकारीले नेता हादीलाई गोली हानेका छन् ।

शेख हसिनाको निरंकुश सरकारलाई अपदस्थ गर्ने विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहपछि अधिकारीहरूले पहिलो चुनावको मिति घोषणा गरेको भोलिपल्ट उक्त गोली चलेको थियो ।

आइतबार अबेर एक विज्ञप्ति जारी गर्दैसरकारले हादीलाई ‘राम्रो उपचारका लागि सिङ्गापुर पठाइने’ र ‘एयर एम्बुलेन्स र चिकित्सकहरूको टोली तयारी अवस्थामा रहेको’ बताएको छ ।

हादी विद्यार्थी आन्दोलनकारी समूह इन्किलाब मञ्चका वरिष्ठ नेता हुनुहुन्छ भने उनि हसिना र भारतसमेतको मुखर आलोचक छन । अपदस्थ प्रधानमन्त्री स्व–निर्वासनमा भारतमा बस्दै आएका छन।

सोमबार ढाकामा सयौँ प्रदर्शनकारीले आक्रमणविरूद्ध विरोध गर्दै प्रदर्शन गरेका थिए ।

“यो हाम्रो राजनीतिक ऐक्यबद्धतामाथिको आक्रमण हो,” पूदर्शनका एक सहभागी २१ वर्षीया छात्रा गाजी सादियाले एएफपीसँग भने ।

हादीको इन्किलाब मञ्चको प्रतिनिधित्व बाङ्गलदेशको सबैभन्दा ठूलो इस्लामवादी पार्टी जमात–ए–इस्लामी र नेशनल सिटिजन पार्टी (एनसीपी) को समर्थनमा गरिएको थियो, जुन गत वर्षको विद्रोहको नेतृत्व गर्ने अन्य विद्यार्थीहरूले गठन गरेका थिए।

प्रहरीले हादीलाई गोली हान्ने आक्रमणकारीहरूको खोजी सुरु गरेको र दुई प्रमुख संदिग्धहरूको तस्बिर सार्वजनिक गरेको छ, साथै उनीहरूलाई पक्राउका लागि सूचना दिने व्यक्तिलाई ५० लाख टाका (करिब ४२ हजार अमेरिकी डलर) को पुरस्कार घोषणा गरेको छ ।

ढाका प्रहरीका प्रवक्ता मुहम्मद तालेबुर रहमानले सीमा सुरक्षालाई उच्च सतर्कतामा राखिएको बताएका छन ।

बङ्गलादेशको आगामी फेब्रुअरी १२ मा हुने निर्वाचनका लागि नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय अन्तरिम नेता मोहम्मद युनुसले नाम नबताउने गरी शक्तिशाली सञ्जालले योजनाबद्ध ढङ्गले गरेको प्रहार भएको शनिबार बताएका छन।

“षड्यन्त्रकारीहरूको उद्देश्य चुनावलाई प्रभावित गर्नु हो। यो आक्रमण उनीहरूको शक्ति प्रदर्शन गर्न र सम्पूर्ण चुनावी प्रक्रियालाई तोडमोड गर्ने एक सशक्त सङ्केत हो,” उनले भने।

उनले भने, “हामीले यस्ता प्रयासहरूको प्रतिरोध गर्नुपर्छ ।” सरकारले आइतबार सबै राजनीतिक नेता, उम्मेदवार, उनीहरूको आवास, कार्यालय, आवागमन, -याली र अनलाइन स्थानहरू सुरक्षित गर्न आदेश दिएको छ।

मुस्लिम बहुल बङ्गलादेशमा १७ करोड जनसङ्ख्या रहेको देशले आफ्नो संसद्का लागि ३०० सांसदलाई प्रत्यक्ष मतदान मार्फत निर्वाचित गर्नेछ भने अन्य ५० जना महिलाहरू समावेशी सूचीमा छानिनेछ।

सोही दिन ऐतिहासिक लोकतान्त्रिक सुधार प्याकेजबारे जनमत सङ्ग्रह पनि हुँदैछ । बङ्गलादेशमा दलहरू चुनावका लागि तयार भएका छन् तर राजनीतिक खिचातानीका कारण तनाव उच्च छ र देश राजनीतिक वातावरण अशान्त देखिएको छ ।