काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

वन्यजन्तु पीडितलाई राहत रकम वितरण

1.14K
shares

यहाँस्थित माथिल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुधनीहरुलाई राहत रकम वितरण गरिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङले आज लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका वन्यजन्तु पीडितलाई बैंक खातामा जम्मा हुने गरी क्षतिपूर्तिबापतको राहत रकम प्रदान गरेको हो ।

एक्याप लोमान्थाङले आर्थिक वर्ष २०८१/०८२ मा वन्यजन्तुबाट पशुधनमा भएको क्षति राहत रकम पाउन बाँकी २८ घरधुरीका १०५ वटा पशुधनको क्षति भएकामा सो क्षतिपूर्तिबापत्को राहत रकम उपलब्ध गराएको जनाएको छ ।

प्रमुख उमेश पौडेलका अनुसार गत साल छुटेका र गत आवमा वन्यजन्तुबाट भएको पशुधन क्षतिबापत् १५ लाख सम्बन्धित पशुधनीहरुको बैंक खातमा राहत रकम दाखिला गरिएको छ । एक्याप लोमान्थाङले माथिल्लो मुस्ताङका दुई स्थानीय तहका पधुधनीले पालेका घोडा १६ वटा, च्याङ्ग्रा ६३ वटा, भेडा २१ वटा र याक पाँच वटाको क्षतिबापत्को राहत रकम वितरण गरिएको प्रमुख पौडेलले उल्लेख गरे ।

एक्यापका अनुसार गत आवमा क्षति भएकामध्ये ७७ वटा पशुधन हिउँ चितुवाको आक्रमणबाट र २८ वटा जङ्गली ब्वाँसोको आक्रमणबाट क्षति भएको थियो ।

यसैगरी चालु आवको पाँच महिनामा माथिल्लो मुस्ताङमा वन्यजन्तुको आक्रमणबाट ४३ वटा पशुधनको क्षति भएको छ । जसमध्ये १९ वटा पशुधन हिउँ चितुवाबाट र २४ वटा पशुधन जङ्गली ब्वाँसोको आक्रमणबाट क्षति भएको एक्यापले जनाएको छ ।

गत असार ३१ गते माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पशुधनीहरुलाई वन्यजन्तुबाट पशुधनमा भएको क्षतिपूर्ति बापत राहत रकम १२ घरधुरीलाई ११ लाख ३५ हजार सम्बन्धित पशुधनीको बैंक खातामा जम्मा हुने गरी उपलब्ध गराएको थियो ।