global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ भैंसेपाटीमा नेपालकै पहिलो लन्ड्री लाउन्ज सञ्चालनमा

भैंसेपाटीमा नेपालकै पहिलो लन्ड्री लाउन्ज सञ्चालनमा

भैंसेपाटीमा नेपालकै पहिलो लन्ड्री लाउन्ज सञ्चालनमा

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले साझेदार क्लासी क्लीनसँग मिलेर एलजीद्वारा सञ्चालित नेपालकै पहिलो लन्ड्री लाउन्ज काठमाडौंको कार्यविनायक, भैंसेपाटीमा सञ्चालनमा ल्याएको छ । लन्ड्री लाउन्ज भनेको एलजीका प्रोफेसनल–ग्रेड वासर र ड्रायरमा आधारित एक आधुनिक व्यावसायिक लन्ड्रोम्याट अवधारणा हो ।

कम्पनीका अनुसार एलजी लन्ड्री लाउन्जले अत्याधुनिक एलजी प्रोफेसनल उपकरणहरू र आकर्षक भिजुअल पहिचानलाई एकै ठाउँमा समेट्दै लन्ड्रोम्याटको नयाँ र नविन अनुभव प्रदान गर्दछ ।

यस लन्ड्री लाउन्जको सञ्चालन सीजिका साझेदार क्लासी क्लीनले गरिरहेको छ भने यसमा एलजी कमर्सियल लन्ड्री सिस्टम जडान गरिएको छ, जसले उच्च गुणस्तरीय र प्रोफेसनल धुने तथा सुकाउने सेवा प्रदान गर्दछ।

ग्राहकले हप्ताको ७ दिन बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सेवा लिन सक्ने कम्पनीले जनाएको छ । साथै, ड्रप अफ र पिक अप सुविधासमेत उपलब्ध छ।

यस लन्ड्री लाउन्जको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी तथा एलजी बंगलादेशका प्रबन्ध निर्देशक जेराल्ड चुनले संयुक्त रूपमा गरेका हुन् ।

प्रकाशित समय : १४:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु