global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ एक क्वीन्टल ३० केजी गाँजासहित दुई जना पक्राउ

एक क्वीन्टल ३० केजी गाँजासहित दुई जना पक्राउ

एक क्वीन्टल ३० केजी गाँजासहित दुई जना पक्राउ

सुनसरीको बराह क्षेत्रबाट गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलिले गए राति करिब १२ः४५ बजे बराह क्षेत्र नगरपालिका–३ नडाहा, धरान सडकखण्ड जङ्गल क्षेत्रमा धरानबाट नडाहातर्फ जाँदै गरेको बा १८ च ३८३४ नम्बरको कारबाट १३० केजी गाजाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।

उक्त गाडी शंकास्पद देखिएपछि जाँच गर्दा कारको पछाडिको सिट र डिक्कीमा कालो प्लास्टिकमा प्याक गरी राखिएको गाँजा फेला परेको उनले बताए । प्रहरीले कारसहित चालक इटहरी उपमहानगरपालिका–१७ का २४ वर्षीय करण साह र विराटनगर उपमहानगरपालिका–५ का २१ वर्षीय सचिन मेहतालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजा, कार र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रकाशित समय : १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु