global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ साल्ट लेक स्टेडियममा तोडफोड

साल्ट लेक स्टेडियममा तोडफोड

साल्ट लेक स्टेडियममा तोडफोड

लियोनल मेसीको आगमनमा आयोजित कार्यक्रमस्थल साल्ट लेक स्टेडियममा भीड नियन्त्रणमा समस्या देखिएपछि अवस्था अराजक बनेको थियो । दर्शकहरूको अत्यधिक भीड र कमजोर सुरक्षा व्यवस्थाका कारण तनावको सिर्जना भएपछि मेसी कार्यक्रम सुरु भएको करिब २० मिनेटमै कोलकताको स्टेडियम छाड्न बाध्य भएका थिए ।

भीड उग्र बन्दै जाँदा केही दर्शकहरूले पानीका बोतल फ्याँकेका थिए भने ब्यानर र होर्डिङहरू पनि तोडफोड गरेका थिए । जसका कारण आतंकको स्थिति सिर्जना भएको थियो ।

स्थिति नियन्त्रण बाहिर जान थालेपछि सुरक्षाको कारण देखाउँदै सुरक्षा अधिकारीहरूले मेसीलाई तत्काल रंगशालाबाट बाहिर निकालेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार, उनलाई सिधै विमानस्थल पु-याइएपछि हैदराबादतर्फ उडान गरिएको थियो ।

त्यसअघि अर्जेन्टिनी स्टार खेलाडी मेसीले बलिउड अभिनेता शाहरुख खानसहित अन्य विशिष्ट व्यक्तित्व तथा आयोजकहरूसँग भेटघाट गरेका थिए । उक्त घटनाप्रति पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले गहिरो असन्तुष्टि व्यक्त गर्दै सार्वजनिक रूपमा माफी मागेकी छन् ।

प्रकाशित समय : ११:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु