गृहपृष्ठ सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड
सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड
सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड गरेको छ।
कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको १० लाख सेयरमा २१ लाख ८ हजार ८२० कित्ताको लागि आवेदन परेको छ। जसमा २१ लाख ८ हजार १४० कित्ता योग्य आवेदन परेकोमा ६२ हजार ९४७ जनाले कम्पनीको सेयर पाएका छन्।
हाइड्रोले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो।
प्रकाशित समय : ११:५० बजे





















