global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ आलुको मूल्यमा २४ प्रतिशतको गिरावट

आलुको मूल्यमा २४ प्रतिशतको गिरावट

आलुको मूल्यमा २४ प्रतिशतको गिरावट

आलुको मूल्यमा २४ प्रतिशतसम्म गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार गत बुधवार प्रतिकिलो ५० रुपैयाँ पर्ने रातो आलु आज २४.२० प्रतिशतले घटेर ३७.९० रुपैयाँ औसत मूल्य कायम भएको छ ।

सेतो आलु १३.३३ प्रतिशतले घटेको छ । गत बुधबार प्रतिकिलो ४१ रुपैयाँ औसत मूल्य रहेको उक्त आलु आज ३२.५० रुपैयाँ प्रतिकिलो कायम भएको छ ।

यस्तै भारतीय रातो आलु पनि १०.९८ प्रतिशतले घटेको छ । गत बुधबार प्रतिकिलो ४१ रुपैयाँ प्रतिकिलो पर्ने भारतीय रातो आलु आज ३६.५० रुपैयाँ औसत मूल्य कायम भएको छ ।

प्रकाशित समय : ११:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु