काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौं-४ बाट गगन थापाको नाम एकल सिफारिस

1.89K
shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई आगामी प्रतिनिधिसभा काठमाडौं-४ बाट पनि उम्मेदवार सिफारिस गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बैठकले आउँदो फागुन २१ मा हुने निर्वाचनका लागि उनको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको कांग्रेसका एक नेताले जानकारी दिए ।

काठमाडौं ४ थापाकै निर्वाचन क्षेत्र हो । उनी यसअघि सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए । थापा यसअघि यही निर्वाचन क्षेत्रबाट ३ पटक प्रत्यक्षतर्फ निर्वाचित भइसकेका छन् ।