global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्ना सेयरधनीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् ।

बैंकले उक्त सेयर प्रतिकित्ता न्यूनतम १०५ रुपैयाँमै दिने गरी बिक्रीमा राखेको हो । बैंकले हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्रै बिक्रीमा राखेको हो ।

सेयर खरीद गर्न इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । साथै तोकिएको समयावधिभित्र बैंकका विद्यमान संस्थापक सेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।

प्रकाशित समय : १०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु