गृहपृष्ठ चिरख्वा हाइड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने
चिरख्वा हाइड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने
चिरख्वा हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बुधबार साधारणसभा सम्बन्धी सूचना जारी गर्दै हाइड्रोले शत प्रतिशत हकप्रद जारी गर्ने सञ्चालक समितिको निर्णय पारित गर्ने एजेन्डासहित साधारणसभा बोलाएको हो ।
कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभा आउँदो पुस २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको जोरपाटीस्थित कुण्डलिनी रोयल्समा हुनेछ।
सभाले हकप्रद शेयर निष्कासनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्ने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १०:२६ बजे




















