global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ राज्यका हरेक निकायमा अर्थपूर्ण सहभागिता बिना मानवाधिकारको सार्थक प्रत्याभूति सम्भव हुँदैन : प्रचण्ड

राज्यका हरेक निकायमा अर्थपूर्ण सहभागिता बिना मानवाधिकारको सार्थक प्रत्याभूति सम्भव हुँदैन : प्रचण्ड

राज्यका हरेक निकायमा अर्थपूर्ण सहभागिता बिना मानवाधिकारको सार्थक प्रत्याभूति सम्भव हुँदैन : प्रचण्ड पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै । तस्बिरः सनद अधिकारी/रासस

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले राज्यका हरेक निकायमा दलित, महिला, जनजाति, मुस्लिम, थारू लगायतका समुदायको अर्थपूर्ण सहभागिता बिना समावेशी लोकतन्त्र अधुरो र मानवाधिकारको सार्थक प्रत्याभूति सम्भव नहुँने बताएका छन् ।

बुधबार ७७ औँ विश्व मानवाधिकार दिवसको अवसरमा शुभकामना दिँदै उनले नागरिकले समानतापूर्वक बाँच्न पाउनुका साथै सबै खाले विभेदको अन्त्य र राज्यका हरेक निकायमा अर्थपूर्ण सहभागिता हुनुपर्ने बताएका हुन् ।

शुभकामना सन्देशमा लेखेका छन्, ‘नागरिकले समानतापूर्वक बाँच्न पाउने वातावरण, जातीय, लैङ्गिक, क्षेत्रीय, धार्मिक तथा सांस्कृतिक सहित सबै खाले विभेदको अन्त्य र राज्यका हरेक निकायमा दलित, महिला, जनजाति, मुस्लिम, थारू लगायतका समुदायको अर्थपूर्ण सहभागिता बिना समावेशी लोकतन्त्र अधुरो रहन्छ र मानवाधिकारको सार्थक प्रत्याभूति सम्भव हुँदैन।’

उनले समाजको ठूलो हिस्सा राज्यसत्ताबाटै संरक्षित विभेद र उत्पीडनको शिकार बन्दै आएको बताए ।

‘मानवाधिकारको साँचो अर्थ आत्मसम्मानपूर्ण जीवन बाँच्न पाउने हरेक व्यक्तिको जन्मसिद्ध अधिकारको प्रत्याभूति हो। तर बिडम्बना, हाम्रो समाजको ठूलो हिस्सा ९दलित, महिला, जनजाति, मधेसी, मुस्लिम, थारू, पिछडिएका क्षेत्र तथा सम्पूर्ण उत्पीडित–उपेक्षित समुदाय० लामो समयदेखि राज्यसत्ताबाटै संरक्षित विभेद र उत्पीडनको शिकार बन्दै आएका छन्,’ उनले भने ।

उनले अधिकारमुखि आन्दोलनहरूको बलमा प्राप्त भएको संविधानमा सुरक्षित गरेको अधिकार कागजमा मात्र सिमित भएको बताए ।

उनले भने, ‘ऐतिहासिक विभेद र उत्पीडनविरुद्धको महान् जनयुद्ध, १९ दिने जनआन्दोलन तथा विभिन्न अधिकारमुखि आन्दोलनहरूको बलमा प्राप्त भएको हाम्रो संविधानले यी अधिकारहरूलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ। तर अधिकार कागजमा मात्र सीमित हुनुहुँदैन ।ती अधिकारहरूको पूर्ण कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौती र दायित्व हो।’

प्रकाशित समय : ०८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु