गृहपृष्ठ स्वास्थ्य मन्त्रालयको सेवा अब सिंहदरबारबाट
स्वास्थ्य मन्त्रालयको सेवा अब सिंहदरबारबाट
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले मंगलबारदेखि आंशिक रूपमा सिंहदरबारबाट सेवा प्रवाह भएको जानकारी दिए ।
उनका अनुसार मन्त्री, दुई सचिव, नीति, योजना तथा अनुगमन महाशाखा र कर्मचारी महाशाखाबाट हुने सेवा प्रवाह सिंहदरबारबाट सुरु गरिएको हो ।
सिंहदरबारस्थित नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा विश्व स्वास्थ्य संगठनले मन्त्रालयका लागि ६ वटा ‘प्रिफ्याब ब्लक’ बनाइदिएको छ ।
प्रकाशित समय : १९:५५ बजे




















