काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

स्वास्थ्य मन्त्रालयको सेवा अब सिंहदरबारबाट

1.27K
shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले मंगलबारदेखि आंशिक रूपमा सिंहदरबारबाट सेवा प्रवाह भएको जानकारी दिए ।

उनका अनुसार मन्त्री, दुई सचिव, नीति, योजना तथा अनुगमन महाशाखा र कर्मचारी महाशाखाबाट हुने सेवा प्रवाह सिंहदरबारबाट सुरु गरिएको हो ।

सिंहदरबारस्थित नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा विश्व स्वास्थ्य संगठनले मन्त्रालयका लागि ६ वटा ‘प्रिफ्याब ब्लक’ बनाइदिएको छ ।