गृहपृष्ठ राष्ट्रिय वाणिज्य बैंकद्वारा” Business Meet 2082″ सम्पन्न
राष्ट्रिय वाणिज्य बैंकद्वारा” Business Meet 2082″ सम्पन्न
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना देशभरका कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने ६७ वटा शाखा कार्यालयहरुको ” Business Meet 2082″ गत मंसिर १८ र १९ गते चितवनको सौराहामा सम्पन्न गर्यो । बैंक संचालक समितिका अध्यक्ष देव कुमार ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हालको बैंकिङ बजारको आवश्यकता पहिचान तथा बैंकको तर्फबाट निभाउनुपर्ने भूमिकाहरु सम्बन्धमा बृहत अन्तक्रिया गरिएको थियो । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्दै हाल बैंकमा प्रचुर मात्रामा रहेको निक्षेपलाई गुणात्मक कर्जाको रुपमा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा प्रत्येक शाखाहरुद्वारा सम्भावित ग्राहकहरुको अवस्था सहित आ(आफ्ना कार्ययोजना पेश गरिएको थियो । कार्यक्रममा बैंक संचालक समितिका अध्यक्षले बैंकले व्यवसाय विस्तार योजनामा विशेष महत्वका साथ लाग्नुपर्ने र क्षेत्रगत सम्भावनालाई सेमेटेर व्यवसाय योजना बनाउनुपर्ने निर्देशन दिए । सरकारी बैंकको रुपमा हामी माथी हेर्ने दृष्टीकोणमा थप सकारात्मक बनाउनुपर्ने साथै सेवा प्रवाह चुस्त दुरुस्त गर्नुपर्ने निर्देशन दिए ।
कार्यक्रममा बैंकका संचालक समिति सदस्य हरि कुमार सिलवालले हाल बैंकको मानव संसाधन युवा र उर्जावान रहेको धारणा व्यक्त गदै यसलाई व्यवसाय विस्तारको अवसरमा बदल्न निर्देशन दिए । त्यसैगरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हाल बैंकमा रहेको निक्षेपलाई अवसरको रुपमा सदुपयोग गरी कसरी गुणात्मक कर्जा वृद्धिमा रुपान्तरण गर्ने र सेवा प्रवाहलाई चुस्त बनाउने सन्दर्भमा आफ्ना निर्देशनात्मक भनाइहरु राखेको थियो । हाल बैंकले कर्जाको गुणस्तरीयता तर्फ विशेष ध्यान दिइरहेको भनाइ व्यक्त गदै वहाँले शाखा प्रबन्धकहरुलाई कर्जा बिस्तार लक्ष्य अनुरुप गर्न र सेवाग्राहीप्रति गरिने व्यवहार, बोली वचन सकारात्मक बनाई सेवा प्रवाहमा गुनासो आउन नदिने वातावरण सृजना गर्न समेत निर्देशन दिए । गुणस्तरीय कर्जा विस्तारमा शाखा, प्रदेश तथा केन्द्रीय कार्यलयमा रहेका कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिममा बैंकले विशेष जोड दिने स्पष्ट पारे ।
उक्त ” Business Meet” कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले सहजकर्ताको भूमिका निभाएको थियो भने औपचारिक कार्यक्रमको संचालन विभागीय प्रमुख आनन्द सुवेदीले गरेको थियो । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री देवेश प्रसाद लोहनीले स्वागत स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु विनय रमण पौडेल, दुर्गा कुमारी कडेल र राम कुमार थापा, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित समय : १६:२४ बजे




















