काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख सीईओ मानन्धरको निधन

1.42K
shares

प्राइम कमर्सियल बैंक लिमिटेडका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण दास मानन्धरको निधन भएको छ । उनकाे ८३ वर्षको उमेरमा आज निधन भएको हाे । उनको निधनले नेपाली आर्थिक जगतले एक अपूरणीय क्षति व्यहोरेको बैंकले जनाएकाे छ ।

सार्वजनिक सेवाको यात्रा सन् १९६९ मा भूमि सुधार तथा वचत निगमको शाखा प्रमुखको रूपमा शुरु भएको थियो । उनले आफ्नो लामो र सफल करियरमा राष्ट्रिय धानचामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैंक लिमिटेडको प्रथम श्रेणीको विभागीय प्रमुख र पछि नायब महाप्रबन्धक, धानचामल निर्यात कम्पनीको महाप्रबन्धक जस्ता गरिमामय पदहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।